चैत २३,२०७८
चितवन ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन।
जिल्लाका सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्न प्रचण्ड आउने भएका हुन। भरतपुर महानगरका दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेलाई राष्ट्रिय भुमि आयोग चितवनले लालपूर्जा वितरण गर्ने भएको छ । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भरतपुर महानगरपालिका वडा नम्बर २ का भूमिहिनहरुलाई रातो लालपूर्जा दिइने बताए ।
प्रचण्ड आफै उपस्थित भएर लालपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको उनको भनाई छ । आयोगको अध्यक्ष भएर आएसगैँ निस्सा वितरण र गाँउ ब्लकका स्थानियलाई लालपूर्जा वितरण गरिएको उनको भनाई छ। नेपालमानै पहिलो पटक सेटलाईट प्रविधिबाट जग्गाको नापजाँच पुरा गरि भरतपुर महानगरको वडा नम्बर २ आँपटारी स्थित देवकोटा चोकमा भव्य कार्यक्रम गरि लालपूर्जा वितरण गरिने उनले बताए ।
चितवनको भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, माडी नगरमा ५ हजार ४ सय ५६ जना, र कालिका नगरमा ५ हजार ५ सय ५९ जना र दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८