• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जहाजमा अभद्र व्यवहार गरेको भन्दै ऋषि धमलालाई प्रष्टीकरणको लागि प्रेस काउन्सिलको पत्र

  • खबरदाता

जहाजमा अभद्र व्यवहार गरेको भन्दै ऋषि धमलालाई प्रष्टीकरणको लागि प्रेस काउन्सिलको पत्र

चैत २२,२०७८

 

काठमाडौँ – पत्रकार ऋषि धमलालाइ प्रेस काउन्सिल नेपालले २४ घन्टा भित्र प्रष्टीकरण दिन पत्र काटेको छ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानभित्र गरेको गैर जिम्मेवारपूर्ण हर्कतबारे प्रष्टीकरण दिन काउन्सिलले सोमबार धमलालाई पत्र काटेको हो।

धमला प्राइम टेलिभिजनका लागि प्रत्यक्ष प्रशारण भन्दै विमानभित्र कर्मचारीलाई धकेलेर निषेधित क्षेत्रभित्र प्रवेश गरेका थिए। विमानका कर्मचारीले पटक पटक रोक्न खोज्दा पनि धमला बलजफ्ती निषेधित क्षेत्रमा गएका थिए।

काउन्सिलले धमलासँग सोधेको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो रु त्यहाँबाट पटक–पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ? ’

  • प्रकाशित मिति : चैत २२, २०७८, मंगलवार १७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८