चैत २०,२०७८
ग्यास पड्केर सिन्धुपाल्चोकमा तीन बालबालिकाको मृत्यु भएको छ।
बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा खाना पकाउने क्रममा ग्यास बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
आइतबार बेलुकी ७ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर मिन बहादुर तामाङको घरमा आगलागी भएको जनाइएको छ।
जलेर मृत्यु हुनेमा मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङ रहेका छन । उनीहरुको घरभित्रै जलेर निधन भएको हो।बिस्फोट हुँदा घाइते भएका मीनबहादुरलाई उपचारका लागि राजधानी लगिएको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८