चैत १९,२०७८
चितवन – संयुक्त एम्बुलेन्स चालक संघ चितवनको अध्यक्षमा सुमन घले चयन भएका छन।
सनिवार भरतपुरमा सम्पन्न संघको दोस्रो जिल्ला अधिबेशनले आउँदो दुई बर्षका लागि घलेलाइ पुन अध्यक्षमा चयन गरेको हो।यस्तै वरिष्ठ उपाध्यक्षमा कल्याण लामा चयन भएका हुन।
उक्त भेलाले उपाध्यक्ष द्वोयमा क्रमश अनिष कुमाल र सुवास थापालाइ चय गर्यो भने सचिबमा मिलन श्रेष्ठ ,सह सचिब उमाकान्त तिमिल्सिना (रमेश ) र कोषाध्यक्षमा मोहन गुरुङलाइ निर्वाचित गरेको हो।
सह कोषाध्यक्ष महेश गुरुङ र सदस्यहरुमा गोकर्ण कुमार श्रेष्ठ ,सरोज कुमाल,सुर्य बहादुर कुमाल,प्रज्वल कुँवर ,योगनाथ रेग्मी ,पुरषोत्तम खड्का र नवराज तिमिल्सिनालाइ चयन गरेको छ।भेलाले जिल्ला इन्चार्जमा खिल प्रसाद सुमललाइ निर्वाचित गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछाने रहेका थिए।सुमन घलेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मिलन श्रेष्ठले गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८