चैत १८,२०७८
चितवन – नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले काङ्ग्रेसको नेतृत्वमा देशले अहिले आमूल परिवर्तन चाहेको बताएका छन ।
कालिका नगरपालिका वडा ननम्बर ७ को पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अब आउदै गरेको स्थानिय निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन उनले आग्रह गरे।
गाउँगाउँमा परिबर्तन आएमात्र देशमा आमूल परिवर्तन सम्भब रहेको उनको भनाइ थियो।
देश बिकासमा नेपाली काङ्ग्रेसको योगदान महत्त्वपूर्ण रहेको हुनाले अबको निर्वाचनमा पनि काङ्ग्रेसलाइ जिताउनु पर्ने उनको धारणा थियो। यतिखेर आम चितवनबासिहरु नेपाली काङ्ग्रेसको जितको पर्खाइमा रहेको समेत उनले बताए।
कार्यक्रममा बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,अतिथीहरु सरोज गुरुङ, कमल आचार्य, शिवराम केसि, कमला पौडेल, नरजंग प्रजा महेन्द्र , बिपिन रामुदामु, निरुजा श्रेष्ठ, मेनुका थापा,प्रकाश थापा, लगायतले बोलेका थिए ।
कार्यक्रममा समाजमा विभिन्न योगदान पुर्याएको भन्दै एकल महिला, जेस्ठ नागरिक, अपाङ्ग र दलित समुदायका ब्यत्तिहरुलाइ सम्मान गरीएको थियोे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८