• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पिकअपको ठक्करबाट मोरङमा तीन वर्षीया बालिकाको मृत्यु

  • खबरदाता

पिकअपको ठक्करबाट मोरङमा तीन वर्षीया बालिकाको मृत्यु

चैत १७,२०७८

मोरङ– मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सलकपुरमा भएको सवारी दुर्घटनामा एक नाबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार बिहीबार दिउँसो नगरपालिका–८ स्थित सलकपुरका विक्रम पाण्डेले चलाएको प्रदेश ३–०१–०२२ च ७२५६ नम्बरको पिकअपले ठक्कर दिँदा तीन वर्षीया नेहा मण्डलको मृत्यु भएको हो।

नातामा मामा पर्ने २१ वर्षीय पाण्डेले चलाएको सो पिकअपको ठक्करबाट गम्भीर घाइते भएकी भान्जी नेहाको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सुनसरीको कोशी गाउँपालिका घर भएकी नेहा मामाको घरमा आउँदा सो घटना भएको बताइएको छ। अभिभावकसँग मामा घर आएकी नेहा घरमा खेलिरहेको अवस्थामा घटना भएको थियो।

घरमा सवारीसाधनलाई ब्याक गर्ने क्रममा खेलिरहेकी नाबालिकालाई ठक्कर लागेको बताइएको छ। हाल प्रहरीले पिकअप चालक मामा पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

 

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १७:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८