• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

हेटौँडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


हेटौँडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चैत १७,२०७८ 

हेटौँडा उपमहानगरपालका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ ।रासस

  • प्रकाशित मिति : चैत १७, २०७८, बिहीवार १२:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८