चैत १६,२०७८
रत्ननगर । चितवनको रत्ननगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।
पुर्ब पश्चिम् राजमार्गको भानुचोकमा बुधबार दिउँसो ४ः४५ बजेक समयमा भएको दुर्घटनामा दम्पतीको मृत्यु भएको हो।
मृत्यु हुनेमा रत्ननगर २ निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र उनकी ५० वर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ५ ख १९० नम्बरको मिनी बस र पश्चिमबाट पुर्ब तर्फ आउँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए ।
घाइते श्रेष्ठ दम्पतीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८