चैत १५,२०७८
मानव अधिकार तथा शान्ति समाज चितवनले रुसलाई तत्काल युद्ध रोक्न माग गरेको छ ।
मंगलबार भरतपुरको चौबीसकोठीमा प्रदर्शन गर्दै समाजले समाजले युक्रेन माथीको आक्रमण रोक्न माग गरेको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको अबस्थामा युद्धका कारण ३६ लाख भन्दा बढी युक्रेनीहरु देश छाड्न बाध्य भई शरणार्थी भएका छन् भने ६५ लाख बढी आन्तरिक रुपमा विस्थापित भएका छन् ।
प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरुले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए ।
उक्त कार्यक्रममा शान्ति समाज चितवनकी उपसभापति बिन्दु खनाल सदस्य तारा पौडेल ,रितु न्यौपाने ,पुर्ण चन्द्र चापागाईं,जीवन के सि ,रबिन खतिवडा ,बालगोपाल श्रेष्ठ ज्ञान प्रसाद पराजुली ,किरण राउत ,झलक प्रसाद अधिकरी लक्ष्मण जि सि,भगिरथ चापागाईं,सुजन सुवेदी लगायतको उपस्थिति थियो। कार्यक्रमको समाजका सभापतित्व सभापति शम्भु राउतले गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८