• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते

  • खबरदाता

पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते

 

चैत १३,२०७८

यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा सर्लाहीमा ४ जनाको मृत्यु भएको छ ।

आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार अन्य ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जानकारी दिएको छ ।

आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

  • प्रकाशित मिति : चैत १३, २०७८, आइतवार १३:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८