• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

निर्वाचन आयोगद्वारा पर्यवेक्षण २७ गतेसम्मको समयसीमा

  • खबरदाता

निर्वाचन आयोगद्वारा पर्यवेक्षण २७ गतेसम्मको समयसीमा

 

चैत १३,२०७८

स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्न चाहाने संस्थाले १५ दिनभित्र आवेदन दिन निर्वाचन आयोगले समयसीमा तोकेको छ ।

३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि पर्यवेक्षण गर्न चाहाने इच्छुक संस्थाले २७ चैतभित्र निवेदन दिनका लागि निर्वाचन आयोगले समयसीमा तोकेर आह्वान गरेको छ ।

त्यसका लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, नविकरण भएको निस्साको प्रतिलिपि, पदाधिकारीको नामावलाी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण गरेको अनुभव भए सोको प्रमाणपत्र पेस गरेर पर्यवेक्षणको अनुमति लिन सकिने आयोगले जनाएको छ।

‘निर्वाचनसम्बन्धी कसुर गरी वा निर्वाचन आचारसंहिता उल्लंघन गरी सजाय पाएको संस्था वा यसअघि निर्वाचन पर्यवेक्षणका लागि अनुमति प्राप्त गरी पर्यवेक्षण प्रतिवेदन पेस नगर्ने संस्थालाई पर्यवेक्षण अनुमति दिइने छैन’ आयोगले स्पष्ट पारेको छ ।

  • प्रकाशित मिति : चैत १३, २०७८, आइतवार ०९:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८