• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै

  • खबरदाता

आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै

चैत १३,२०७८

 

चितवन – स्थानीय तह निर्वाचन–२०७९ का लागि निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दैछ । आयोगको तालिका अनुसार मतदाता नामावलीमा दाबी विरोधको समय सकिएपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागे को हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिए । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्ने छ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन ।

  • प्रकाशित मिति : चैत १३, २०७८, आइतवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८