• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुर मेयर कपको उपाधि चितवनलाई

  • खबरदाता

भरतपुर मेयर कपको उपाधि चितवनलाई

 

चैत १२,२०७८

चितवन -जिल्लामा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।

२२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै ६ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै ३ विकेट लिए ।

पहिलो इनिङमा चितवनले ५५ ओभरमा ९ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।

मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै ५ विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै ३ विकेट लिए । पहिलो इनिङमा मकवानपुर पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर ५ विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा २ विकेट लिए ।

प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले ८ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले ८ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे ।

  • प्रकाशित मिति : चैत १२, २०७८, शनिवार २१:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८