• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक महिने चुनावी अभियान अन्तर्गत टोलटोलमा काङ्ग्रेस

  • खबरदाता

एक महिने चुनावी अभियान अन्तर्गत टोलटोलमा काङ्ग्रेस

 

चैत १२,२०७८

नेपाली काँग्रेसले आउँदो बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै फाल्गुण २९ गते देखि बिबिध कार्यक्रहरु सञ्चालन गर्दै आईरहेको छ । यी कार्यक्रम हरु चैत्र २९ गते सम्म सञ्चालन हुनेछन् । यसै क्रममा चितवन जिल्लाका ७ वटा स्थानिय तहका ९८ वटा वडामा पनि गाँउ गाँउ जाँउ काग्रेस जिताउ अभियान शुरु भएको छ ।

नेपाली काँग्रेसले आफ्ना कार्यकर्तालाई क्रियाशिल गराउँदै ९८ बडाका धेरै टोलहरुमा नेपाली काँग्रेसको टोल समिति गठन गरीसकेको छ । सोहि टोल समिति सँग सम्बन्वय गरी जिल्ला बाट खटिएका प्रतिनिधिहरुले बिबिध कार्यक्रम गर्ने नेपाली काँग्रेसका जिल्ला सचिब सूर्य अर्यालले जानकारी दिए । आवश्यकता अनुसार प्रतिनिधिहरु बैशाख ३० गतेको निर्वाचन सम्म सोहि स्थानमा रहनेछन् ।
स्थानिय तहमा खटिएका प्रतिनिधिहरुको उपस्तिथिमा आज समिक्षा कार्यक्रम, प्रभात फेरी, पाटीप्रवेस लगायतका कार्यहरु सम्पन्न भएको छन । आजै रत्ननगर १२ शान्तिकुञ्जमा तुलादेबी लामिछानेको सभापतित्वमा महिलाहरु मात्र रहेको नेपाली काँग्रेस शान्तिकुञ्ज टोल समिति गठन भएको छ ।

नेपाली काँग्रेस चितवनले गत बिहिबार भरतपुरमा बृहत अभिमुखिकरण तथा प्रशिक्षण राखि ७ वटै तहमा खटिने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षित प्रतिनिधिहरुबाट कार्यकर्तालाई प्रशिक्षण प्रदान गरिने नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए छ।

  • प्रकाशित मिति : चैत १२, २०७८, शनिवार २०:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८