२०७८, चैत ११ ।
भरतपुर महानगरपालिकामा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलन्यास गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच उक्त भवनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गरे । शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले भरतपुर माहनगरले गरेको विकासलाई देशभित्र मात्रै नभएर अन्र्तराष्ट्रिय रुपमा समेत चर्चा भइरहेको बताए । संघीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको भरतपुर महानगरकी मेयर रेनु दाहालले बताइन् । महानगरको आफ्नो खर्चले धान्न मुस्किल हुने भएपछि संघ र प्रदेशबाट रकम जुटाएर भवन निर्माणको प्रक्रिया थालिएको मेयर दाहालको भनाइ थियो ।

महानगरले ९४ करोड ३२ लाख ३० हजार अनुमानित लागतमा भवन निर्माण गर्न लागिएको मेयर दाहालले बताइन् । भूमिगत (अण्डरग्राउण्ड) पार्किङ सोे भवन १४ हजार एक सय ५२ वर्गमिटरको हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले । भवनको भूमिगत तलामा ५० कार र दुई सय ५० वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ । दुई बिघा १३ कठ्ठा १६ धुर जमिन रहेको क्षेत्रमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण गर्न ठाउँ रहने गरी भवन बनाउन लागिएको उनको भनाइ छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८