चैत ९,२०७८
चितवन । विश्वका ८ हजार मिटर भन्दा अग्ला हिलाहरुको आरोहण गर्नुभएका भरतपुर १ रामनगर कर्मथलो बनाउनुभएका निर्मला पूर्जा अर्थात निम्स दाई भोलि चितवन आउदै छन ।
निर्मल पूर्जा स्वागत,अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुर चितवनले आज पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
भोलि दिउसो साँढे १ बजे भरतपुर विमानस्थलमा स्वागत गरिने, त्यहाँबाट दिउँसो २ बजेदेखि लायन्सचोकबाट पुल्चोक हुँदै पोखरा बसपार्कबाट रामनगर हुँदै पूर्जाको निवासमा लगिने र त्यहाँबाट नारायणी नदी तिरमा अभिनन्दन गरिने टंक न्यौपानेले बताए । समितिका अध्यक्ष हरि कुमार गुरुङका अनुसार पूर्जाले १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर सवै कुरा सम्भव छ भन्ने नारालाइ पूर्णता दिइएको छ। व्यक्तिले देश चिनाउन भूमिका खेलको भन्दै भव्य स्वागत सहित अभिनन्दन गरिने गुरुङको भनाई छ ।
सन् १९८३ मा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिनुभएका पूर्जा आफू पाँच वर्षको उमेर हुँदानै परिवार रामनगर बसाई आएको स्थानीयले बताए । अहिले पूर्जाका बुबा रामनगरनै हुनुहुन्छ । निर्मल पूर्जा स्मल हेभनमा पढ्नुभएको र टेष्ट दिँदैगर्दा युकेमा भर्ती भएका थिए ।
साथै नारायणी किनारमा हुने कार्यक्रममा अन्य कलाकारहरु राजु लामा, स्वपनिल शर्मा लगातको प्रस्तुती समेत रहनेछ ।सम्मान कार्यक्रम चार बजेबाट सुरु हुने र सांस्कृति कार्यक्रम ३ बजेदेखि ६ बजेसम्म चल्नेछ । त्यसपछि नेटफ्लीक्समा समेत टेडिङमा परेको फोर्टीन पिक्सः नोथिङ इम्पोसिवल नामक डकुमेन्ट्री समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८