चैत ७,२०७८
चितवन – म्यादी प्रहरीमा भर्ना खुलेक तेस्रो दिन १ हजार ७६ जनाले दर्खास्त दिएका छन।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार ६ सय ९९ पुरुष र ३ सय ७७ महिला गरि १ हजार ७६ जनाले दर्खास्त दिएका हुन।
भर्ना खुलेको तीन दिनमा कुल २ हजार १८६ जनाले म्यादीको लागि दर्खास्त बुझाएका छन। जस मध्ये १ हजार ४७८ पुरुष र ७ सय ८ महिला रहेका हुन ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्दै सरकारले आइतबारबाट म्यादी प्रहरीमा दर्खास्त खुल्ला गरेको हो।
चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ। आगामी ११ गते सम्म दर्खास्तको लागि समय तोकिएको छ।
सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त दिन पाउने छन।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । सरकारले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८