• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोरङको लेटाङमा लगाइएको निषेधाज्ञा यथावत

  • खबरदाता

मोरङको लेटाङमा लगाइएको निषेधाज्ञा यथावत

 

चैत ८,२०७८

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको निषेधाज्ञालाइ यथावत राखेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ ।

घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम प्रशासनले चैत ६ गते निषेधाज्ञा आदेश जारी गरेको थियो ।

लेटाङमा शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको भन्दै आक्रोशित समूह र प्रहरीबीच आइतवार राती झडप हुँदा प्रदेश प्रहरी गणमा कार्यरत उदयपुरकी २६ बर्षीय महिला प्रहरी श्रेष्ठको मृत्यु भएको हो । घटनामा परी मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित ३६ जना घाइते भएका थिए । लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले सोही विद्यालयकी १२ वर्षीया छात्रामाथि यौन दुब्र्यवहार गरेको घटना सार्वजनिक भएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।

शिक्षक पौडेललाई प्रहरीले नभई गाउँलेबाटै कारबाही गर्ने भन्दै तोडफोड, आगजनी र आक्रमणमा उत्रिएको समूह र प्रहरीबीच झडप भएको हो । घटनाले उग्ररुप लिएपछि प्रशासनले लेटाङमा सोमबार विहानबाट अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७८, मंगलवार २०:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८