• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पल शाह प्रकरण : कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा चितवनबाट महिला पक्राउ

  • खबरदाता

पल शाह प्रकरण : कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा चितवनबाट महिला पक्राउ

 

चैत ५,२०७८

पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।

सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।रातोपाटीबाट

  • प्रकाशित मिति : चैत ५, २०७८, शनिवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८