• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जंगली माहुरीको टोकाइबाट हात्ती हेर्न गएका १६ जना घाईते

  • खबरदाता

जंगली माहुरीको टोकाइबाट हात्ती हेर्न गएका १६ जना घाईते

 

चैत १,२०७८

चितवन – माहुरीको टोकाइबाट चितवन राष्ट्रिय निकुञ्जमा हात्ती हेर्न गएका १६ जना घाइते भएका छन।

मंगलबार सांझ करिब ५ बजेको समयमा रत्ननगर नगरपालिका ६ सौराहा स्थिति चितवन राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका उनीहरुलाइ जंगली माहुरीले आक्रमण गरेको हो।

घाइते हुनेहरुमा सिन्धुली कमलामाई नगरपालिका ४ वस्ने वर्ष ४५ की तुलसा श्रेष्ठ रहेकी छन। यस्तै सोही स्थान बस्ने वर्ष ४६ को केदार श्रेष्ठ र वर्ष ६० कि शान्ता श्रेष्ठ रहेका छन।उनीहरुको अबस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ।

अन्य घाइते हुनेहरुमा सिन्धुली मरिण गाउँपालिका ७ बस्ने वर्ष ६५ का कृष्ण नारायण श्रेष्ठ सोही स्थानका वर्ष ३२ का दिपक माझी, वर्ष ३५ कि शारदा श्रेष्ठ , वर्ष ६० कि धन कुमारी श्रेष्ठ, वर्ष ३५ का काजीलाल श्रेष्ठ ,वर्ष ३५ कि भगवती श्रेष्ठ, बस्ने वर्ष ५३ का दान ब।श्रेष्ठ, वर्ष ३५ का कल्याण श्रेष्ठ रहेका छन।

अन्य घाइतेहुनेमा सिन्धुलीकै तिनपाटन गाउँपालिका २ बस्ने वर्ष २७ कि सुजाता श्रेष्ठ, मणिरत्न गाउँपालिका ७ बस्ने वर्ष ३ का कबिर श्रेष्ठ,सोही स्थानका वर्ष ९ कि राधा श्रेष्ठ, वर्ष ५ कि राधिका श्रेष्ठ र वर्ष ७ कि पारु श्रेष्ठ रहेका हुन।

घाइतेहरुको बकुलहर सरकारी अस्पताल टांडीमा उपचार भईरहेको ।

  • प्रकाशित मिति : चैत १, २०७८, मंगलवार २०:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८