• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसि पास बाहेक उल्लेख्य काम नगरी सकियो संसद अधिवेशन

  • खबरदाता

एमसिसि पास बाहेक उल्लेख्य काम नगरी सकियो संसद अधिवेशन

चैत १,२०७८

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संसदको जारी अधिवेशन मंसिर २८ गते आह्वान भएको थियो।

यो अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो। १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमाले विरोधमा थियो।

संसदको जारी अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसिसीलाई अनुमोदन गर्ने बाहेक अरु कुनै उल्लेख काम गर्न सकेन।

प्रतिनिधिसभाको बैठक भने बुधबारका लागि आह्वान भएको थियो।

  • प्रकाशित मिति : चैत १, २०७८, मंगलवार १८:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८