• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

टिपर दुर्घटनामा २ जनाको मृत्यु, २४ जन्ती घाइते

  • खबरदाता

टिपर दुर्घटनामा २ जनाको मृत्यु, २४ जन्ती घाइते

चैत १,२०७८

 

उदयपुर–मदन भण्डारी लोकमार्गमा विवाहको जन्ती सवार टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जन्ती घाईते भएका छन् । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ का १९ वर्षीय दीपेन्द्र कुमाल र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको हो ।

जन्ती बोकेको टिपर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिथौली र खनिया खण्डको तेस्रो पुलमा पल्टिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुने तथा घाइते सबै उदयपुरको कटारीका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

जन्ती बोकेको ना३ख ७४९० नम्बरको टिपर दुर्घटनामा परेको हो । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुधौली ट्राफिक प्रहरी कार्यालयका अनुसार टिपरमा सवार अधिकांश कटारी नगरपालिका वडा नम्बर २ का स्थानीय रहेका छन् । उनीहरूको उपचार कटारी अस्पतालमा भइरहेको छ ।

 

  • प्रकाशित मिति : चैत १, २०७८, मंगलवार १६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८