चैत १,२०७८
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले इच्छा बपरित फागु (होली) नखेल्न आग्रह गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली मनाउने नाममा रितिरिवाज र परम्परा विपरित उछृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
सूचनामा सर्वसाधारणलाई दुस्ख दिने, इच्छा विपरित रंग दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवान गरेर अवाञ्छित क्रियाकलाप गरी शान्तिसुरक्षामा खलल पुग्ने गतिविधि नगर्न भनिएको छ । यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था, सञ्चारकर्मी, महिला सञ्जाललगायत सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ।सूचनामा भनिएको छ ।
कसैले अवाञ्छित एवं उछृङ्खल क्रियाकलाप गरेको पाइए कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८