चैत १,२०७८
चितवन – डिजिटल मिडिया संघ चितवन – नवलपुरले आफुहरुले दिने सेवाको मुल्य समायोजन गरेका छन।
संघको सोमबार बसेको बैठकले फ्लेक्स लगायतका सामाग्रीमा मुल्य समायोजन गरिएको जनाएको छ।सो बैठकले समायोजन गरेको मुल्य सुची चैत १ गते देखि लागु हुने जनाएको छ।
डिजिटल होर्डिङ बोर्ड ,फ्लेकस, तथा अन्य बिज्ञापनसंग सम्बन्धित सम्पुर्ण कच्चा पदार्थको मुल्य बढेकोले आफुहरुले मुल्य समायोजन गर्नुपरेको संघले जनाएको छ। नयाँ मुल्य अनुसार सामान्य फ्लेक्स प्रति स्क्वाएर फिटको ४० रुपैया तोकिएको छ भने हाइ क्वालिटि फ्लेक्सको ५० रुपैया बनाइएको छ। फोटो प्रिन्टको रु ७५, लाइट बोर्डको रु ४५० देखि ६५०,टल्कने फ्लेकसको १५०, टल्कने स्टिकरको १७५ तोकिएको छ।यस्तै एसिपि ब्याकराउन्ड बोर्डको ४२५,स्कोर्लिङ बोर्डको ६ हजार देखि ८ हजार सम्म मुल्य तोकिएको छ।करिब २२ सेवाको मुल्य समायोजन गरिएको संघले जनाएको छ।
स्मरण रहोस गत सनिवार चितवन र नवलपुरमा सम्बन्धित ब्यबसाय गर्ने ६० भन्दा बढीको संख्यामा उपस्तिथित भेलाले गुणराज दाहालको अध्यक्षतामा ७ सदस्यीय डिजिटल मिडिया संघ चितवन – नवलपुर गठन गरेको थियो।

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८