फागुन २८,२०७८
चितवन – उद्योग बाणिज्य संघ चितवनले प्रदान गर्दै आएको आर्थिक पत्रकरिता पुरस्कार बिप्लभ काफ्लेलाइ प्रदान गरिएको छ।
उद्योग बाणिज्य संघ चितवनको ५५ औं साधारणसभा तथा अधिबेशनमा पत्रकार काफ्लेलाइ संघले ५१ हजार रकम सहितको पुरस्कार प्रदान गरिएको हो।
सो कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरेका हुन्। संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
पत्रकार काफ्ले २०६५ सालदेखि पत्रकारितामा क्रियाशिल छन् । रेडियो, टेलिभिजन, पत्रिका, अनलाइनमा उनी संवाददाता तथा समाचार संयोजकको भूमिकामा सक्रिय छन् । उनी नेपाल पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य, नेपाल प्रेस युनियन चितवनको कोषाध्यक्ष समेत हुन् । माडी–१ का स्थायी बासिन्दा काफ्ले हाल भरतपुरलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा सक्रिय छन् । उनले चितवनका आर्थिक तथा विकास, समृद्धिबारे समाचारहरु लेख्दै आईरहेका छन् ।
त्यस्तै उत्कृष्ट युवा उद्यमी पुरस्कार कृष्ण सापकोटालाई प्रदान गरिएको छ । १ लाख राशिको पुरस्कार सापकोटालाई प्रदान गरिएको हो । हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गरिदै आएको छ। उनी मालिका हस्पिटालिटीका प्रोपाइटर हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८