फागुन २८,२०७८
चितवन – मोटरसाइकल दुर्घट्ना हुँदा चितवनमा तीन जनाको मृत्यु छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इच्छाकामना गाउँ पालिका २ का बर्ष ३४ का नबिन गुरुङ , मोटरसाइकल पछाडि बस्ने सोहि स्थानकी बर्ष ३० की तृति भन्ने प्रतिभा गुरुङ र प्रतिभाको छोरा बर्ष ५ को आरोन गुरुङ रहेको चितवनका प्रहरी प्रबक्ता नरहरी अधिकारीले जानकारी दिए।
शुक्रवार साँझ ५ बजेको समयमा जिल्लाको इच्छाकामना गाउँपालिका २ को रमाइलो डाँका स्थित भित्रि सडकमा मोटर साइकल दुर्घटना भएको प्रबक्ता अधिकारीले बताए ।
उनका अनुसार इच्छाकामना २ बाट शक्तिखोर तर्फ आउदै गरेको तीनजना सवार प्रदेश २(०३(००२ प ५९८६ नम्बरको मोटरसाइकल सडकबाट करिब ४ सय मिटर तल खसेको थियो।
मृत्यु भएको स्थानमा मुचुल्का गरी तीनैजनाको शब पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको र दुर्घटनाको थप अनुसन्धान भइरहेको अधिकारी बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८