• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन

  • एजेन्सी

अमेरिकी सेना युक्रेन जाँदैन : बाइडेन

फागुन २८, २०७८

अमेरिकाले युक्रेनमा आफ्ना सैनिक नपठाउने राष्ट्रपति जो बाइडेनले पुनः स्पष्ट पारेका छन्।

राष्ट्रपति बाइडेनले शुक्रबार ट्वीट मार्फत युक्रेनमा अमेरिका प्रत्यक्ष रुपमा युद्धमा सामेल नहुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘म स्पष्ट पार्न चाहन्छु हामीले नेटो भित्रको भूमिको हामीले रक्षा गर्ने छौँ एकीकृत भएर । तर हामीले युक्रेनमा रुसविरुद्धको युद्ध लड्ने छैनौँ । नेटो र रुसबीच हुने प्रत्यक्ष युद्धले तेस्रो विश्व युद्ध सुरु हुन्छ ।’

बाइडेनले बारम्बार युक्रेनमा अमेरिकी सैनिक पठाउने विकल्प नरहेको बताएका छन् । उनको प्रशासनले पछिल्ला दिनमा रुसमाथि एकपछि अर्को कडा प्रतिबन्ध लगाउँदै आएको छ ।

शुक्रबार बाइडेनले रुसी पेय पदार्थ, सि फुड र हिराको आयातमा प्रतिबन्ध लगाएका थिए।

  • प्रकाशित मिति : फागुन २८, २०७८, शनिवार ०७:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८