फागुन २७,२०७८
चितवन – नेपाली कांग्रेस १४ औं महाधिवेशनबाट निर्वाचित चितवनको कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ ।
शुक्रवार भरतपुरमा आयोजित एक कार्यक्रमका बिच राजेश्वर खनाल नेतृत्वको नव निर्वाचित कार्यसमितिलाई पद हस्तानतरण गरेको हो ।
कांग्रेसका महामन्त्री गगन कुमार थापाले नयाँ कार्यसमितिलाइ पदस्थापन गराए । गत फागुन १९ र २० गते सम्पन्न कांग्रेसको जिल्ला अधिवेशनबाट राजेश्वर खनाल सर्वसम्मत चयन भएका थिए। उपसभापतिमा शालिग्राम पौडेल र राजिव न्यौपाने ,सचिव पदमा सूर्य अर्याल र ध्रुवराज पोख्रेल तथा सह–सचिवमा गोपाल दराई र दिनेश अधिकारी निर्वाचित भएका थिए।
कार्यकममा बोल्दै महामन्त्री थापाले चितवनमा कांग्रेसले रुखमा नै भोट हाल्ने चाहनाको सम्मान हुने बताए । कांग्रेस चितवनको चाहना भन्दा बाहिर गएर पार्टीले निर्णय नगर्ने र हुन पनि नदिने थापाको भनाइ थियो ।
निवर्तमान सभापति जितनारायण श्रेष्ठले कांग्रेस चितवनको अधिवेशन सौहार्दपूर्ण ढंगबाट सम्पन्न भएको बताए । उनले आफ्नो कार्यकाल चुनौतीपूर्ण भए पनि धेरै हद सम्म सफल भएको समेत बताए।
उनले अहिलेको अधिवेशनमा देखिएको कांग्रेसको एकतालाई स्थानीय तहको निर्वाचनमा थप मजबुद बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
यस अघिको स्थानीय तहमा चितवनले भोगेको कुरा आगामी चुनावनमा दोहोरिन नदिने उनको भनाइ थियो ।

केन्द्रिय सदस्य एवं पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले अब पनि रुख छोडेर अरुलाई भोट हाल्ने कार्य सह्य नहुने बताए । उनले आफु गठबन्धनको विरोधी नभए पनि सधैं चितवनलैऐ घोडा टेकाउने कार्य स्वीकार्य नहुने बताए । उनले फेरी गठबन्धनको नाममा चितवनलाई घोडा टेकाउने कार्य गर्न खोजिए विद्रोह हुने चेतावनी समेत दिए ।
‘घर घर जाऔं कांग्रेस जिताऔं अभियान’ का प्रतिनिधि एवं कांग्रेस केन्द्रीय सदस्य अब्दुल सतार तिनै तहको निर्वाचनमा चितवनलाई कम्युनिस्टरहित बनाउने बताए । उनले तिनै तहको निर्वाचनलाई चितवनमा कांग्रेसलाई जिताउन वर्तमान र निवर्तमान कार्यसमिति एक जुट भएर अघि बढुपर्नेमा जोड दिए । यस्तै उनले अगामी निर्वाचनमा कार्यकर्ताको मनोभावना विपरित गठबन्धन गर्न नहुने उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८