फागुन २७,२०७८
चितवन – राष्ट्रिय युवा शक्ति नेपाल चितवनले टोलटोलमा आफ्नो सकृयता बढाउन थालेको छ।
बिहिवार भरतपुर ९ र १२ का युवा प्रतिनिधिहरुको भेला गरि उसले विभिन्न समसामयिक बिषयमा छलफल गरेको छ।
सो भेलामा भुतपुर्ब सैनिक कल्याणकारी संघका भुपु अध्यक्ष बिष्णु काफ्ले, प्रमोद लामिछाने, प्राज्ञिक ब्यक्ति लगायत बुद्धिजीवी युवा ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष जीवन लामा तथा प्राज्ञिक ब्यक्ती झलक राज पौडेलले राष्ट्रिय शक्ति नेपालको अभियानमा सम्पुर्ण आम जनसमुदायलाई आआफ्नो ठाउँबाट सहकार्य गर्नकोलागि अपिल गरेका थिए।
जीवन लामाको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण झलक राज पौडेलले गरेका थिए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८