• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ट्रकको ठक्करवाट गैंडाकोटमा एकको मृत्यु

  • खबरदाता

ट्रकको ठक्करवाट गैंडाकोटमा एकको मृत्यु

फागुन २५,२०७८

नवलपुर । पुर्बी नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार मृत्यु हुनेमा गैँडाकोट ६ का अन्दाजी २६र२७ वर्षीय अर्जुन बोटे रहेका छन् ।

बुधबार साँझ करिब ५ बजेको समयमा ना ३ ख ९३७ नम्बरको ट्रकले गैँडाकोट ६ स्थित नगरपालिकाको फोहोर फाल्ने डम्पीङ साइट तर्फ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रकका चालक फरार रहेका छन। प्रहरीका अनुसार गम्भीर घाइतेको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चिकित्सकले जनाएको प्रहरीको भनाई छ । अन्य अनुसन्धानको काम जारी रहेको छ ।

  • प्रकाशित मिति : फागुन २५, २०७८, बुधवार २०:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८