• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

ललितपुरको एकै घरमा दुई दिने शिशु सहित चार जना मृत फेला

  • खबरदाता

ललितपुरको एकै घरमा दुई दिने शिशु सहित चार जना मृत फेला

 

फागुन २३,२०७८

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्।

मृत्यु हुनेहरुमा ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय आशिष, २३ वर्षीया सुषमा, ७ वर्षीय आस्मा रहेका छन । उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ । गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।

घट्नास्थलमा फरेन्सिक डाक्टरसहितको टोली लिएर प्रहरी पुगेक उनले बताए ।

घरमा बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।

‘उनीहरू खाना खाएर सुतेका थिए,’ पोखरेलले भने, ‘घटनास्थलमा आगो बालेको कोइला र केही वान्ता भएको पनि देखिएको छ।’

सुभाष र दुई दिनको शिशुलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याइएको छ।

घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ। टोलीमा फरेन्सिक चिकित्सक पनि छन्।

  • प्रकाशित मिति : फागुन २३, २०७८, सोमवार १३:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८