• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

इन्धनको मूल्य विश्व बजारमा १३ वर्षयताकै उच्च

  • एजेन्सी

इन्धनको मूल्य विश्व बजारमा १३ वर्षयताकै उच्च

इन्धनको मूल्य विश्व बजारमा पछिल्लो १३ वर्षयताकै उच्च भएको छ। अमेरिकाले रुसबाट हुने इन्धनको आयात रोक्ने सम्बन्धमा छलफल गरिरहेको बताएपछि विश्व बजारमा मूल्य बढेको हो।

विश्व इन्धन बजारको ‘बेन्चमार्क’ का रुपमा रहेको कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ अमेरिकी डलर पुगेर १३० डलरमा आई स्थिर भएको छ। सन् २००८ को जुलाईयता तेलको मूल्य यो तहमा पुगेको पहिलोपटक हो।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण इन्धनको आपूर्तिमा समस्या हुन सक्ने भयले लगातार मूल्य बढ्दै गएको छ। इन्धनको बढ्दो मूल्यको प्रभाव अरु दैनिक जीवनमा पनि देखिन थालेको छ। महंगी अधिकांश क्षेत्रमा बढेको छ।

अमेरिकाले दैनिक आयात गर्ने इन्धनमध्ये रुसको १० प्रतिशतभन्दा बढी रहेको छ। युक्रेनमा गरेको आक्रमणको जवाफस्वरुप अमेरिकाले रुसी इन्धन खरिद रोक्नुपर्ने माग बढेको छ। संसदमा छलफल भइरहेको र त्यो विकल्पमा जान सकिने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले बताएका छन्।

  • प्रकाशित मिति : फागुन २३, २०७८, सोमवार १०:१४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८