फागुन २२,२०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अघि बढाउन सबै दल सहमत भएका छन् ।
सिफारिस समितिमा एमाले पनि बस्ने बस्ने भएको छ । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग प्रस्ताव अघि बढाउन सहमति जुटेको हो । संसदको आजै बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस गरी समिति गठन गर्ने सभामुख सापकोटाको तयारी छ । समितिले छानबिनका लागि तीन महिनाको समय पाउनेछ ।
गत फागुन १ गते सत्ता गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका थिए । त्यही दिनबाट राणा पदबाट निलम्बित भइसकेका छन् । कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले पदभार सम्हालिसकेका छन् ।
समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।
महाअभियोग सिफारिस समिति यस्तो छ ।
एमाले
१. विष्णु पौडेल
२. लालबाबु पण्डित
३. शिवमाया तुम्बाहाम्फे
४. कृष्णभक्त पोखरेल
कांग्रेस
५. मिनबहादुर विक
६. रामबहादुर विष्ट
माओवादी
७. यसोदा सुवेदी
८. रेखा शर्मा
नेकपा एस
९. कल्याणी खड्का
लोसपा
१०.एकवाल मियाँ
जसपा
११. प्रमोद साह
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८