• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

डिएलए काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल

  • खबरदाता

डिएलए काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल

 

फागुन १४,२०७८

प्रजातन्त्रवादी वकिलहरूको छाता सङ्गठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन ९डिएलए० काठमाडौँको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित भएका छन ।

एशोसिएशनको सनिवार सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी हुन । उनका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१, जयन्तीकुमार ढकालले १७० र धु्रवराज शर्मा पराजुलीले ८८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह ऐरले ४४७, सचिवमा माधव दुलालले ४७५ र कोषाध्यक्षमा अमृता अर्यालले ४३९ मत ल्याई विजयी हुनुभएको संयोजक खरेलले बताए । सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । डिएलएको आज सम्पन्न निर्वाचनमा ८२४ मत खसेको थियो ।

 

  • प्रकाशित मिति : फागुन १४, २०७८, शनिवार १५:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८