[ फाेटाे : फाइल ]
फागुन १४, २०७८
रुसले युक्रेनको दक्षिणमा रहेको मेलितोपोल शहरमाथि कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी इन्टरफ्याक्स र स्पुतनिकले रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सो समाचार प्रकाशन गरेको हो । युक्रेनको दक्षणी प्रान्त जपोरिज्यामा स्थित शहर मेलितोपोल देशको मुख्य बन्दरगाह मारियोपोल नजिक रहेको छ ।
यता, युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुईवटा मिसाइल हमला गरिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइलले केलाई निशाना बनाएको हालसम्म खुलेको छैन । किभको स्थानीय सरकार अनुसार एक मिसाइल सर्वसाधारण बस्ने भवनमा खसेको थियो । अर्को मिसाइल राजधानीको वि
मानस्थल नजिक खसेको थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८