• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसिसि सकस : देउवा फेरि पुगे ओली निवास

  • खबरदाता

एमसिसि सकस : देउवा फेरि पुगे ओली निवास

फागुन १३,२०७८

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका छन।

एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोट पुगेका हुन ।

देउवासँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की महामन्त्री गगन थापा र नेता पुर्णबहादुर खड्का पनि ओली निवास पुगेका छन।

प्रधानमन्त्री देउवाले यसअघि गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । संसद्‍ बैठकबाट एमसिसि पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्‍बाट पास गर्नुपर्ने भन्दै पहल गर्दैआएका छन् ।

यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् ।

एमालेले भने यस मुद्दामा प्रवेश गर्नुअघि एमालेले कारबाही सिफारिस सांसद्‍हरूको विषयमा छलफल गर्नुपर्ने भन्दैआएको छ ।

  • प्रकाशित मिति : फागुन १३, २०७८, शुक्रवार १३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८