[ फाेटाे : फाइल ]
फागुन १३,२०७८
रूसले बिहीबार आफ्नो छिमेकी युक्रेनमाथि सैन्य आक्रमण सुरु गर्यो।
दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि यति ठूलो सैनिक आक्रमण गरेको यो पहिलो पटक हो।
केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले युक्रेनलाई घेरेको भए पनि रुसले आक्रमणको कुनै योजना नभएको बताउँदै आएको थियो।
युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन भने रूसी सैनिकहरूले राजधानी किभलाई निसाना बनाएका छन्।
पुटिनले किभ कब्जा गर्नकै लागि छिमेकी बेलारूसमा यसअघि नै हजारौं सैनिक उतारेका थिए।
रूसी सैनिकहरू बेलारूसबाट अघि बढेसँगै युक्रेनको राजधानी किभमा बिस्फोटहरू भएका छन्। किभमा एयर रेड साइरनहरू बजेका छन्।
युक्रेनी सेनाले राजधानी किभको बाहिरी इलाका डाइमेर र इभान्किभमा सशस्त्र सेनाहरू लडाइँमा संलग्न भएको बताएको छ जहाँ ठूलो संख्यामा रुसी सशस्त्र गाडीहरू अगाडि बढेका छन्।
यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रूसी सैनिकको पहिलो निशाना आफू भएको बताएका थिए।
शुक्रबार एक सम्बोधन गर्दै जेलेन्स्कीले राष्ट्र प्रमुखलाई मारेर रुसले युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न खोजेको आरोप लगाए।
यद्यपि आफू युक्रेन छोडेर भने नभाग्ने जेलेन्स्कीले बताएका छन्।
रूसी आक्रमणबाट अहिलेसम्म १३७ युक्रेनीको मृत्यु भएको पुष्टि भएको छ भने ३१६ जना घाइते भएको बताइएको छ।
यसैबीच युक्रेनी अधिकारीका अनुसार रुसी अपरेटिभहरू राजधानी किभमा पसिसकेका छन्। युक्रेनको रक्षा मन्त्रालयले शत्रुको संज्ञा दिँदै उनीहरु शहरको केन्द्रमा रहेको किभको संसदबाट करिब ९ किलोमिटर ९५।५ माइल० उत्तरमा रहेको ओबोलोन जिल्लामा रहेको बताएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८