फागुन १२,२०७८
चितवन – चितवनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका १३ भित्र पर्ने चितवन राष्ट्रिय निकुञ्जको बेलसार भन्ने ठाउँमा बाघले आक्रमण गर्दा भरतपुर ६ निवासी ६० वर्षीय चिजा सार्कीको मृत्यु भएको हो ।
चिजा, सिता दराई र हेमराज सापकोटा सहित तीन जना निकुञ्ज भित्र घांस काट्न गएकोमा चिजा सार्कीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
आक्रमणको खबर पाएपछि चितवन राष्ट्रिय निकुञ्जको वनको टोली हात्तीसहित गएर चिजाको शव ल्याएको छ । बाघले खाइरहेको अवस्थामा शव भेटिएको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८