फागुन १२,२०७८
चितवन – चितवनमा पनि नो एमसिसि भन्दै प्रदर्सनकारिले सिडिओ कार्यालय घेराउ गरेका छन।
देशैभर एमसिसिको बिरोधमा प्रदर्सन भइरहदा एमसिसि खारेजी संयुक्त संघर्ष समिति चितवनले पनि बिरोध प्रदर्सन गरेको हो। उसले बिहिवार भरतपुरको चौबीसकोठी आयोजना गरेको प्रदर्सनमा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
चौबिसकोठीबाट सुरु भएको विरोध र्याली अस्पताल रोड, मालपोत चोक, बाइपास रोड हुँदै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयमा पुगि कोण सभामा परिणत भएको थियो । विद्यालय पोसाकमै आएका विद्यार्थीहरुले सिडिओ कार्यालय अगाडि घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए ।
विद्यार्थीहरुले नो एमसीसी, रिजेक्ट एमसीसी, एमसीसी खारेज गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, गो ब्याक अमेरिका लगायतका नारा लगाएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८