[ फाेटाे : Delayed girl is handcuffed ]
फागुन १०,२०७८
चितवन -जिल्ला प्रहरी कार्यालय चितवनले वैदेशिक रोजगार सम्बन्धि ठगीको आरोपमा एक महिलालाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको खैरहनी नगरपालिका – ७ सुर्तना बस्ने बर्ष ३८ की मिना चौधरी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार निजले आफ्नो मान्छे बिदेशमा रहेको र सजिलै काम लगाइदिन्छ भन्दै प्रलोवनमा पारि वैदेशिक रोजगारीमा लैजाने भन्दै बिभिन्न मितिमा ३८ जना ब्यक्तीहरुबाट जम्मा ४५ लाख ७५ हजार ठगि गरेको जनाइएको छ।
चौधरीलाइ ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८