• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रिय महत्वका विषयमा संसदमा छलफल गर्नु उपयुक्तः सभामुख सापकोटा

  • खबरदाता

राष्ट्रिय महत्वका विषयमा संसदमा छलफल गर्नु उपयुक्तः सभामुख सापकोटा

 

फागुन ८,२०७८

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठकमा रुलिङ गर्दै राष्ट्रिय महत्त्वका विषयमा संसदमा छलफल गर्नु उपयुक्त हुने बताएका छन् ।

एमसीसी अनुमोदनका लागि प्रस्ताव टेबुल गर्न बोलाइएको बैठकमा उनले समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्त्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुने बताएका हुन् । सार्वभौम संसदमा छलफल होस् भन्ने भावनाको समेत सम्मान गर्दै अहम् महत्त्वका विषयहरुलाई कार्यसूचीमा समावेश गरिएको छ उनले बताए ।

आज ( २०७८ फागुन ८ गते आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखले गरेको रुलिङ‘मा) सदस्यहरु विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन सकिरहेको छैन । यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको छ । राष्ट्रिय महत्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकुलता सिर्जना गरेको व्यहोरा हामीलाई अवगत नै छ ।

दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको सार्वभौमा संसदमा छलफल होस भन्ने भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ ।

सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु । साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’

 

  • प्रकाशित मिति : फागुन ८, २०७८, आइतवार ११:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८