• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिरोधका बीच एमसीसी प्रतिनिधि सभामा प्रवेश

  • खबरदाता

बिरोधका बीच एमसीसी प्रतिनिधि सभामा प्रवेश

फागुन ८,२०७८

 

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।

बिरोधका बीचमै सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता टेबल गरेका हुन । अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिए पछि उनका तर्फबाट सञ्चार मन्त्री कार्कीले प्रतिनिधि सभामा एमसीसी सम्झौता टेबल गरेका हुन्।

यो सम्झौता कार्यान्वयनमा जानुअघि संसद्ले अनुमोदन गर्नुपर्छ। यसलाई संसद्को सामान्य बहुमतले अनुमोदन गर्नसक्ने व्यवस्था रहेको छ।

२६ माघ २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो। त्यसपछि ३० असार, ३०७६ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न संसद्मा दर्ता गरेका थिए।

तर, राजनीतिक दलबीचको मतभिन्नताले अहिलेसम्म संसद्मा टेबल हुन सकेको थिएन। आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संसद्मा टेबल गर्ने सहमति गरेको थियो। पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने यसमा असहमित जनाएको छ।

एमसीसी सम्झौता टेबल भएसँगै प्रतिनिधि सभाको आजको बैठक सकिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले १२ फागुन दिउसो १ बजे अर्को बैठक बस्ने गरी आजको बैठक स्थगित गरेका हुन्।

  • प्रकाशित मिति : फागुन ८, २०७८, आइतवार ११:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८