फागुन २,२०७८
चितवन । चितवन जिल्लामा ५६ हजार भन्दा धेरै बालबालिकाले खोप लगाएका छन।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका हुन ।
मोडर्ना खोप अभियान अन्तर्गत विद्यार्थीलगायत अन्य सो उमेरका बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार सबै भन्दा धेरै भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५ जनालाइ खोप लगाइएक हो।
यस्तै जिल्लाकै माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।
कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो ।
जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८