• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गोरखालाइ दुई जिल्ला बनाउने निर्णय

  • खबरदाता

गोरखालाइ दुई जिल्ला बनाउने निर्णय

 

फागुन २,२०७८

गोरखा जिल्लालाइ दुईवटा बनाउने निर्णयलाइ टुक्राएएर दुई ओटा बनाउने निर्णय भएको छ।

त्यहाँका स्थानीय राजनीतिक दलहरूको बैठकले जिल्ला टुक्र्याउने निर्णय गरेका हुन । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नुपर्ने माग राखेका हुन्।

यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन गरिएको छ। धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो।

गोरखाको तीन हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये दुई हजार तीन सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन्। तर जनसंख्या भने निकै कम छ। दुई पालिकाको जनसंख्या जम्मा २० हजार एक सय ५२ छ। जिल्लाको जनसंख्या भने दुई लाख ७२ हजार एक सय ६९ छ।

सबै हिसावले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ। मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार पाँच सय ३८ मात्रै छ।

धार्चे र चुमनुब्रीले ५० प्रतिशतभन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ। ‘यो क्षेत्र धेरै पिछडियो। सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रूपमा यसको विकास गर्नुपर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको पनि परिकल्पना छ। हामी छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौं।’

यसो त केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचलनै मच्चिएको थियो । सो बेला उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए।

त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने भट्टराईको भनाइ थियो।

  • प्रकाशित मिति : फागुन २, २०७८, सोमवार ००:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८