• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक

  • अन्य पत्रिका

विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक

 

फागुन १, २०७८

बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा गरेको कर्जा साढे ३ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको गणना विधिलाई परिवर्तन गरेपछि बैंकहरूले तोकिएको न्यूनतम सीमाभन्दा बढी कर्जा देखिएका हो ।

 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकहरूले कुल ४६ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा विपन्न वर्गमा गरेको कर्जाको अंश ७ दशमलव ३६ प्रतिशत रहेको छ ।

अघिल्लो आवको यसै अवधिसम्ममा बैंकहरूले कुल कर्जाको ६ दशमलव ६४ प्रतिशत अर्थात २ खर्ब ४३ अर्ब २७ करोड रुपैयाँ कर्जा दिएका थिए । यसको तुलनामा चालू आवमा पुससम्ममा १७ दशमलव १ प्रतिशत वृद्धि भएको हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आफ्नो कुल कर्जा ९बिल्स खरीद तथा डिस्काउन्टसमेत० को न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था रहेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : फागुन १, २०७८, आइतवार ०१:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८