• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसीसीमा देउवाको मरिहत्ते किन ?

  • खबरदाता

एमसीसीमा देउवाको मरिहत्ते किन ?

माघ २९,२०७८

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड अमेरिकी डलर सहायतासम्बन्धी सम्झौता एमसीसीको पक्ष र विपक्षमा अहिले देशको राजनीतिक माहोल तातेको छ ।

यसका पक्षधरहरु यो सम्झौता देशको दूरगामी हितमा रहेको तर्क गर्छन् भने आलोचकहरु राष्ट्रियतामा आघात पर्ने बताउँछन् । यही विषयलाई लिएर सिंगो देशभरको जनमत विभाजित छ । सत्ता गठबन्धनभित्रै मारामार छ । प्रमुख प्रतिपक्षी एवं संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेभित्र पनि पक्ष र विपक्षमा चर्को विवाद छ ।

सिंगो देश र धेरैजसो पार्टीहरु एमसीसीलाई लिएर विभाजित भइरहँदा कांग्रेसमा भने आश्चर्यजनक एक मत देखिएको छ । सके राष्ट्रिय सहमतिमा, नभए संसदको मत विभाजन प्रक्रियाबाट भए पनि एमसीसी अनुमोदन गर्नैपर्ने अडानमा कांग्रेस देखिएको छ ।

एमसीसी मुख्यालयले ताकेता गरिरहेका बेला बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि सम्झौताबारे गम्भीर छलफल भयो । बैठकको निष्कर्ष छ( सम्झौता राष्ट्र हितमा छ, त्यसैले संसदबाट अनुमोदन गरिनुपर्छ । प्रतिनिधिसभाको आगामी बैठकमा नै एमसीसीलाई प्रवेश गराउने सत्तारूढ दल कांग्रेस एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबल छ।३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनपछि बिहीबार बसेको समितिको पहिलो बैठकमा एमसीसी सम्झौता र स्थानीय तह निर्वाचनसहित ९ वटा एजेन्डा रहे पनि एमसीसीमै छलफल केन्द्रित भयो ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकका प्रस्ताव पेस गरेलगत्तै सुरु भएको छलफलमा सहभागीमध्ये अधिकांशले एमसीसी सम्झौताका बारेमा धारणा राखे । बैठकमा बोल्ने अधिकांशको मत थियो( एमसीसी राष्ट्रहितमा छ, संसदबाट अनुमोदन गर्नुपर्छ ।

एमसीसी सम्झौताका बारेमा गरिएका नकारात्मक प्रचारको पछाडि लाग्न नहुनेमा पनि कांग्रेसले जोड दिएको छ । बैठकमा सभामुखको भूमिकाका बारेमा पनि लामै छलफल भयो । सभामुखका कारण संसद्‍मा एमसीसीले प्रवेश नपाएको र सरकारले पठाएका कुनै पनि प्रस्ताव सभामुखले रोक्न नपाउने कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकपछि मुखै फोरेर चेतावनीको भाषामा भने( सभामुखले एमसीसी रोक्न पाउँदैनन् ।

एमसीसी सम्झौता संसदमा पेस गर्ने विषयमा भएका राजनीतिक छलफलका बारेमा सभापति एवम् प्रधानमन्त्री देउवाले बैठकमा जानकारी गराएका थिए । २०७४ सालमा देउवा नै प्रधानमन्त्री हुँदा सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले सञ्चारमन्त्री छन् । स्थापित मान्यताअनुसार नै एमसीसी संसदमा पेस हुने र पारित हुने कार्कीको दाबी छ।

सत्ता गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई केही पर धकेल्ने पक्षमा छन् । गठबन्धनमा नै मत बाझिएको अवस्थामा सरकारको नेतृत्व गरेको कांग्रेसले देखाएको अतिरिक्त तत्परताको अर्थ के हो रु धेरैले जिज्ञासापूर्वक हेरिरहेका छन् । अझ अमेरिकी सहायक विदेशमन्त्रीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई फोननै गरी अनुमोदनका लागि दबाब दिएका छन् । अनुमोदन नभए नेपालसँगको सम्बन्धमै पुनर्विचार गर्ने अमेरिकी धम्कीले आशंका झन् बढाएको छ । यस प्रकरणमा सबैभन्दा बढी चेपुवामा प्रचण्ड परेका छन् । यस्तो अवस्थामा देउवाले किन एमसीसीका लागि मरिहत्ते गरिरहेका छन् रु यो प्रश्नको उत्तर थप खोजीको विषय बनेको छ

  • प्रकाशित मिति : माघ २९, २०७८, शनिवार ०५:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८