माघ २७,२०७८
आज बिहिबारदेखि मौसम सुधार हुने देखिएको छ भने केहि स्थानमा अझै बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पुर्वानुमा महाशाखाका अनुसार बिहिवार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागमा सामान्य बदलि रहने र बाकी भागमा मौसम सफा रहने छ। महाशाखा अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।
मुलुकमा वर्षा र हिमपात गराउने न्यून चापीय प्रणाली कमजोर भइसकेको छ, आज घाम-बादल, घाम(बादल हुने देखिन्छ, अब २-३ दिन मौसम आंशिक बदली हुने र क्रमशः मौसममा सुधार आउँने महाशाखाको भनाइ छ।तर आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८