२०७८,२६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् ।बुधवार न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको एमाले चितवनले जानकारी दिएको छ । एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन् ।
आजै १३२ सदस्सीय जिल्ला कमिटीको घोषणा हुँदैछ । एमाले जिल्ला नेतृत्वको पदाधिकारीमा महिला, दलित र जनजातिले भने स्थान पाएका छैनन् । यसअघि नेकपा एमाले नेतृत्व पार्वती रावलले गरेकी थिइन् । सपथग्रहण कार्यक्रम दिउँसो १ बजे पार्टी कार्यालयमा आयोजना गरिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८