• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पूर्वअध्यक्ष कमल थापाको पार्टी परित्यागको घोषणाप्रति राप्रपाद्वारा दुःख प्रकट


पूर्वअध्यक्ष कमल थापाको पार्टी परित्यागको घोषणाप्रति राप्रपाद्वारा दुःख प्रकट

२०७८,२५ माघ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले पार्टीका पूर्वअध्यक्ष कमल थापाले सो दल परित्याग गर्न आज गरेको घोषणाप्रति दुःख प्रकट गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज काठमाडौँमा उपलब्ध पदाधिकारीको बसेको आकस्मिक बैठकले दलबाट अलग हुने थापाको निणर्यमा पुनःविचार गर्न अनुरोध गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए।

बैठकले उक्त घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई विचलित नहुन आग्रह गर्दै महाधिवेशनले तय गरेको कार्यनीति, राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापनालगायत सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित नभई अगाडि बढने निर्णय गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई बैठकले आह्वान गरेको छ । गत मङ्सिरमा महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले हालका अध्यक्ष लिङ्देनले महाधिवेशनमा पराजित नेतालाई एकलौटी रूपमा कार्यसमितिमा मनोनित गरेको भन्दै विरोध गर्दै आएकामा आज पार्टीबाट अलग हुने निर्णय गरेका हुन्।रासस

  • प्रकाशित मिति : माघ २५, २०७८, मंगलवार १५:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८