• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध छूट मात्रै ‘अपर्याप्त’ : इरान


परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध छूट मात्रै ‘अपर्याप्त’ : इरान

माघ २२,२०७८

सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटाउनु मात्रै ‘पर्याप्त’ नहुने इरानका विदेश मन्त्रालयका प्रवक्ता सैयद खटिब्जादेहले शनिबार बताएका छन् ।
“संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध हटाउने उसको कर्तव्य र दायित्व पूरा गर्ने बिषयमा इरानले पर्खिरहेको छ,” उनले भने।

“आज हामीले सुनेको समाचार आणविक स्वीकृति लाई उचाल्ने आयामको बारेमा हो र सबैलाई थाहा छ कि यो पर्याप्त छैन,” उनले थपे।

संयुक्त राज्य अमेरिकाले आणविक प्रतिबन्धलगायत सबै प्रतिबन्ध हटाएमा मात्र थप चरणका वार्ताका लागि मार्ग प्रशस्त हुने उनले बताए।

अमेरिकी सरकारले शुक्रबार इरानलाई अन्तर्राष्ट्रिय आणविक सहयोग परियोजनाको अनुमति दिन स्वीकृति छूट फिर्ता गरेको थियो भने करिब १० महिनाअघि सन् २०१५ को आणविक सम्झौता पुनः स््थापना गर्न सुरु गरिएको भियना वार्ता अहिले निर्णायक चरणमा पुगेको बताइएको छ । रासस

  • प्रकाशित मिति : माघ २२, २०७८, शनिवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८